अनुदान


जापानमा विदेशी महिलाहरुले सुत्केरी हुनु भन्दा
अगाडि र सुत्केरी भए पछिको सपोर्ट र बहुसांस्कृतिक
बालबच्चाको पालनपोषण


जापानी सैलून

गर्भवती र सुत्केरी महिलाहरुको लागि जापानमा बच्चा हुर्काउदा प्रयोग गरिने जापानी भाषाको क्लास सुरु गर्दै छौ
☆तपाईंको आफ्नो वरपरका विदेशी गर्भवती महिलाहरूसँग यस खबर सेयर गर्न सक्नुहुन्छ भने हामी अझै खुसी हुनेछौ

आउनुहोस् “गर्भावस्था र बच्चा जन्माउँदा प्रयोग गरिने जापानीज भाषा” र “बच्चा हुर्काउँदा प्रयोग गरिने जापानीज भाषा” सँगसँगै सिकौ।
मार्च देखि, निम्न दुई कक्षाहरू चौथो हप्ताको आइतबारबाट सुरु हुनेछ।

NINPU (PREGNANT)
गर्भवती
गर्भावस्था र सुत्केरी समयमा प्रयोग गर्न/भन्न गाह्रो जापानी शब्दहरू धेरै छन्।
जापानी भाषा बोल्न सक्ने मानिसले पनि, नसुनेका नबुझेका जापानी शब्दहरू धेरै छन्।
यस कक्षाको ४ पटक जापानी भाषा क्लासहरु मार्फत, तपाईंले डाक्टरहरू र सुँडेनीहरूसँग कुराकानी गर्न सक्षम हुनुहुनेछ।

(1)गर्भावस्था जाँचहरू गर्दा गरिने कुराकानी र शब्दहरू
(2)गर्भावस्थाको समयमा चिन्ता र असुविधाको बारेमा भन्न सक्नु
(3)प्रसव र अस्पताल भर्ना को समयमा भनिने शब्दहरू
(4)पोस्ट-डिस्चार्ज शारीरिक स्वास्थ्य र सूचनाहरू

KOSODATE (PARENTING)
बच्चा हुर्काउने
“बालबालिका हुर्काउनको लागि कसैले जापानी भाषा सिकाउँदैन।” हो ! यो कक्षा त्यही विदेशी आमाहरूको आवाजको लागि सिर्जना गरिएको कक्षा हो।
यस क्षेत्रमा, जापानी आमा संग र अस्पतालमा, नर्सरी स्कूलमा प्रयोग गर्ने जापानी शब्दहरू सिक्नुहोस्।
बच्चा हुर्काउन अझै रमाइलो र सजिलो हुदै जान्छ।

(1)बच्चाको शरीरको बारेमा परामर्श लिनु
(2)खोप र बाल चिकित्सामा प्रयोग हुने शब्दहरू
(3)किन्डरगार्टनमा प्रयोग हुने शब्दहरू
(4)जापानी आमाहरूसँग साथी बन्नुहोस

चित्र भएको किताब प्रयोग गर्ने मात्र नभई, तपाईंको मातृभाषामा दोभाषे पनि भएको हुनाले, तपाईलाई जापानीज बोल्न पनि आउँदैन भने पनि सँगै अध्ययन गर्न सक्नुहुन्छ।
यदि तपाईंले आफ्नो शरीर र बच्चाको बारेमा आफैले बताउन सक्नुहुन्छ भने, तपाईंले आफ्नो बच्चालाई धेरै सजिलो र शान्तिका साथ हुर्काउन सुरु गर्न सक्नुहुन्छ।।
तपाईं आफ्नो शरीर र बच्चा हुर्काउन समस्याहरूको बारेमा पनि परामर्श लिन सक्नुहुन्छ।

*तोशिमा वार्ड बाहिरका व्यक्तिहरूले पनि भाग लिन सक्नुहुन्छ।
हामीसँग अवस्य जोडिनुहोला।

[मिति र समय]
चौथो हप्ताको आइतबार
(1)३ महिना २६ तारिख
(2)४ महिना २३ तारिख
(3)५ महिना २८ तारिख
(4)६ महिना २५ तारिख

[समय]
NINPU (PREGNANT) गर्भवती महिला
13:30-14:40
KOSODATE (PARENTING)बच्चा हुर्काउने
14:50-16:00

[थान]
としま産業振興プラザ4F
(Toshima sangyo shinko plaza 4F)
東京都豊島区西池袋2-37-4
Toshimaku nishi ikebukuro2-37-4

03-3980-3131

    नाम *
    टेलिफोन नम्बर *
    इ - मेल ठेगाना *
    मिति (NINPU) 3/26 13:30-14:404/23 13:30-14:405/28 13:30-14:406/25 13:30-14:40
    मिति (KOSODATE) 3/26 14:50-16:004/23 14:50-16:005/28 14:50-16:006/25 14:50-16:00
    टिप्पणीहरु

    समर्थन

    2022 सालको टोकियोमा विदेशी बासिन्दाहरूका लागि समर्थन परियोजना

    प्रायोजक

    Interculture Art Inc.
    LINE मा सम्पर्क गर्नु होस्
    अनुदान