अनुदान


जापानमा विदेशी महिलाहरुले सुत्केरी हुनु भन्दा
अगाडि र सुत्केरी भए पछिको सपोर्ट र बहुसांस्कृतिक
बालबच्चाको पालनपोषण


जापानमा बसोबास गर्ने आमाहरूको लागि आफ्नो भाषामा बच्चाको जन्म सम्बन्धी जानकारी सेट



जापानमा बसोबास गर्ने आमाले बच्चाको जन्म पालनपोषणको बेला वा आपत परेको बेलामा उपयोगी जानकारी तथा उपकरणहरु प्रशस्त छन्।
तर ति कुराहरू थाहा भएको मानिस र प्रयोग गरेको मानिस एकदमै कम छन्।
साथै थाहा भए पनि,आफैले डाउनलोड , प्रिन्ट गरेर आफ्नो हातमा जुटाउन गार्हो छ।
यसमा हामीहरूले ती जानकारी तथा उपकरणहरु जम्मा गरी प्रिन्ट गरेर तुरुन्त प्रयोग गर्न सकिने अवस्थामा पुर्याउनको लागि विदेशी आमा समर्थन गिफ्ट प्रोजेक्ट शुरू गरेका हौं।
जापानिज आमाहरुलाई स्वाभाविक रुपमा थाहा भएको जानकारीहरु, विदेशी आमाहरूको माझमा स्वाभाविक रुपमा पुर्याउन चाहन्छौं!
त्यस्तो सोच बनाएर शुरू गरिएको प्रोजेक्ट हो।
सबै आमाहरु ढुक्कसंग नयाँ शिशुको स्वागत गरी,ढुक्क भएर बच्चाको पालनपोषण गर्न सक्ने गरी सपोर्ट गर्ने हामीहरूको इच्छा हो।
तपाईंको वरिपरि नजिक बसोबास गर्ने विदेशी आमा, बाबाहरुलाई पनि अवश्य जानकारी दिनुहोस् है।
सामग्री
  • विदेशी भाषामा मातृ शिशु बुक (ईच्छुकहरुको लागि)
  • विदेशी बासिन्दाहरूको लागि बालबच्चा पालनपोषण चार्ट
  • आमा र शिशुको सपोर्ट शृंखला
  • बच्चा जन्माउँदा प्रयोग गरिने औंलाले देखाएर बुझाउने बोर्ड
  • त्यो बाहेक भ्याक्सिन सम्बन्धी जानकारी र कोरोना भाइरस सम्बन्धी जानकारी आदि
समर्थित भाषा
त्यो बाहेक भाषा अनुसार भएको र नभएको चीजहरू छन्।सल्लाह गर्नुहोला।
ईच्छुक व्यक्तिले तलको फर्म बाट आवेदन दिनु होला।
केही दिन भित्रमा पठाउने छौं।
* अति आवश्यक चीज हो ।

    कहिलेकाहीँ कन्फरमेसन इमेल तपाईको Spam/Junk फोल्डरमा जान सक्ने भएकोले कृपया ध्यान दिनुहोला।
    यदि ईमेल प्राप्त नभएमा Spam/Junk फोल्डर चेक गर्नुहोस्।
    नाम *
    हुलाक कोड *
    ठेगाना *
    टेलिफोन नम्बर *
    इ - मेल ठेगाना *
    विदेशी भाषामा मातृ शिशु बुक * आशाचाहिदैन
    ईच्छुक व्यतिको भाषा * अङ्ग्रेजीचाइनिजथाइल्याण्डभेतनामनेपालीम्यानमारइन्डोनेसियाली भाषा
    टिप्पणीहरु
    तपाईंले दिनु भएको तपाईंको प्राइभेट जानकारी , पम्प्लेट पठाउँदा बाहेक अरु कुराहरूमा बिल्कुल प्रयोग गरिने छैन।

    समर्थन

    Red Feather Community Chest

    प्रायोजक

    Interculture Art Inc.
    Shops recommended for foreign pregnant women and mothers raising children
    Goody4Mommy
    SDGs未来都市豊島区
    LINE मा सम्पर्क गर्नु होस्
    अनुदान