अनुदान


जापानमा विदेशी महिलाहरुले सुत्केरी हुनु भन्दा
अगाडि र सुत्केरी भए पछिको सपोर्ट र बहुसांस्कृतिक
बालबच्चाको पालनपोषण


मार्च २९ (आइतबार)

बहुसांस्कृतिक सह-अस्तित्व बाल-पालन महोत्सव “विश्व शिशु पर्व”  

यस वर्षको नारा “सबैको घर” हो! 
🍎आउने सबैलाई मौलिक चित्रकथा पुस्तक “स्याउको रूख मुनि” उपहार दिइनेछ!🍎
〜विभिन्न देशका कुरा थाहा पाउँदा बच्चा हुर्काउन अझ रमाइलो हुन्छ! 〜
जापानमा धेरै देशका आमाहरूले आफ्ना छोराछोरी हुर्काइरहेका छन्। 
आफ्नो देशको भन्दा फरक तरिका र ज्ञानको बारेमा जान्दा, 
“ए हो र! यस्तो सोच पनि हुँदो रहेछ!”
“वाह! यो त राम्रो रहेछ!”
जस्ता धेरै नयाँ कुराहरू पत्ता लाग्नेछन् ♪
【🇲🇲🇻🇳🇹🇭🇮🇩🇨🇳🇯🇵विभिन्न देशका बच्चा हुर्काउने तरिकाहरू चिनाउने बुथ】
विभिन्न देशका बच्चा हुर्काउने शैलीबारे जान्न सकिन्छ, साथै आमाहरूको स्वास्थ्यका लागि राम्रो हुने चिया र मिठाईको पनि आनन्द लिन सकिन्छ ♪
【अन्य बुथहरू】
  • विश्वको घर अनुभव बुथ
  • प्रोफेसनलद्वारा खिचिने बच्चाको फोटो कर्नर 
  • चित्र-पत्र (Etegami) कर्नर 
  • मौलिक तरिकाले साना सामानहरू बनाऔं 
  • विश्वका खेलौनाहरू 
  • कलाकार हिरोको ओडाद्वारा बनाइने मुहार चित्र कर्नर
  • होम-स्टार्ट “वाकुवाकु” (उत्साह) 
  • विभिन्न भाषाका चित्रकथा पुस्तक पसल
【Sunshine City Mini Baby & Children’s Clothing Market】
Sunshine City collects gently used children’s clothing and distributes them to families in need.
If you have clothes that your child has outgrown but are still in good condition, we would greatly appreciate your cooperation.

Items We Are Collecting:
  • Sizes: 80 cm to 160 cm (especially in need of sizes 100–120 cm)
  • Clothes without excessive stains or damage
  • Please note: Underwear, swimsuits, and other items that directly touch the skin are not accepted.
【मुख्य स्टेज】
  • नेपाली शैलीको बेबी मसाज (बुकिङ आवश्यक – १० जनासम्म) 
    ▶बुकिङ फारम
  • चित्रकथा पुस्तक मार्फत विश्वका भाषाहरूको आनन्द
  • विश्वका लोरीहरूको कार्यशाला 
  • मौलिक चित्रकथा पुस्तक “स्याउको रूख मुनि” को प्रपेक्षण र वाचन कार्यक्रम
  • टोक शो
    “सबैले मिलेर सोचौं २१ औं शताब्दीको घर” 
    बहुसांस्कृतिक आमाहरू × हिरोको ओडा जी 
    ☆गोलाप्रथा मार्फत ३ जनालाई हिरोको ओडा जीको पुस्तक उपहार दिइनेछ ♪ 
  • विश्वका “जान-केन” (ढुङ्गा-मुढा-कैंची) खेलहरू
  • गोलो घेरा बनाएर नाचौं 
यस्ता धेरै रमाइला र स्वादिष्ट कुराहरूले भरिएको महोत्सव हो ♪
यस्ता व्यक्तिहरूका लागि उपयुक्त छ!
☆गर्भवती महिलाहरू र साना बच्चा भएका आमा-बुबाहरू 
☆विश्वको बच्चा हुर्काउने तरिका र बहुसांस्कृतिक सह-अस्तित्वमा रुचि भएकाहरू 
☆साना बच्चा भएका अभिभावकहरू
कृपया पक्कै पाल्नुहोला है!
कार्यक्रमको विवरण
♦ मिति र समय:
मार्च २९ (आइतबार) बिहान ११:०० देखि दिउँसो ४:०० सम्म 
(बिहान १०:४५ देखि प्रवेश गर्न सकिन्छ)

♦ स्थान:
तोशिमा सेन्टर स्क्वायर 
(तोशिमा कु-याकुशो (नगरपालिका) १ तल्ला)
としまセンタースクエア(豊島区役所としまくやくしょかい)
> नक्सा

प्रवेश नि:शुल्क
  • पहिलो ३० जनालाई मौलिक “टोट ब्याग” उपहार दिइनेछ ♪
  • चिया र मिठाईहरू केही बिक्रीका लागि राखिनेछन्🍪
  • आउन र जान स्वतन्त्र छ ♪

नेपाली शैलीको बेबी मसाज

नेपालमा बच्चाहरूलाई दिनको २-३ पटक, आमा वा हजुरआमाबाट मसाज  गराएर स्वास्थ्य राम्रो बनाइन्छ। ♪

जापानमा सिक्न नपाइने  यो नेपाली बेबी मसाज, जया जीले सजिलो तरिकाले सिकाउनुहुनेछ।

*लक्षित समूह
३ महिनादेखि १ वर्षसम्मका बच्चा भएका आमाहरू 

*सजिलो जापानी भाषामा बुझाइनेछ 
*ओछ्याउने कपडा यहाँ उपलब्ध छ, तर कृपया ठूलो तौलिया  साथमा ल्याउनुहोला
*सहभागिता शुल्क नि:शुल्क
*10 पहिलो १० जना मात्र

नेपाली बेबी मसाज आरक्षण फारम

नेपाली शैलीको बेबी मसाज कार्यक्रमको सबै सिट भरिसकेकोले दर्ता बन्द गरिएको छ।
कार्यक्रमको दिन वरिपरि बसेर हेर्न सक्नुहुन्छ।
तपाईंहरू सबैलाई स्वागत गर्न हामी उत्सुक छौं।
※このイベントはWAMの助成を受けて開催します
協力:朝日生命保険相互会社

समर्थन

The Nippon Foundation
Welfare And Medical Service Agency (WAM) (Social welfare promotion subsidy business)

प्रायोजक

Interculture Art Inc.
Shops recommended for foreign pregnant women and mothers raising children
Goody4Mommy
SDGs未来都市豊島区
LINE मा सम्पर्क गर्नु होस्
अनुदान